
ओलीलाई फर्काए विश्वप्रकाशले जवाफ
काठमाडौं १३ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धरातल छोडेर कांग्रेसले उडन्ते सपना नबाँड्ने बताएका छन्। कांग्रेसको घोषणापत्रमा आफूले देखाएका रेलदेखि पानी जहाजसम्म महत्वाकांक्षी योजना र आफ्नो तीन वर्षे कार्यकालको आलोचना गरिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आक्रोश पोखेका थिए। आफूलाई जनउत्तेजनाको व्यापारी र उन्मादी भनेपछि जवाफ दिने क्रममा ओलीले कांग्रेसको घोषणापत्रलाई पागलहरुको प्रलाप, गालीपुराण र बकबासको संज्ञा दिएका थिए। घोषणापत्रमा देश विकासको कुनै योजना नभएको, नीति, विचार र सिद्धान्त पनि नभएको भन्दै कांग्रेस सिद्धिएको टिप्पणी गरेका थिए। आक्रोश पोख्ने क्रममा ओलीले घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्न आफ्ना कार्यकर्तालाई भनेका थिए।
ओलीको यो आक्रोशमा जवाफ दिँदै महामन्त्री शर्माले कांग्रेसले जिम्मेवार सपना देखाउने बताएका छन्। रेल, पानी जहाज, ग्यास पाइपलाइनपछि अब ओलीलेञमंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीझको सपना देखाउनमात्रै बाँकी रहेको व्यंग्यात्मक जवाफ विश्वप्रकाशले दिएका छन्।
‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ। जमिनमा टेकेर गर्न सकिने कामहरूमात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय ओलीलाई मन परेन ठिकै छ,’ उनले भनेका छन्।
तर कम्तिमा विषयको बहसमा आउन चाहेकोमा ओलीलाई विश्वप्रकाशले धन्यवाद भनेका छन्। ‘माफ गर्नोस् श्रद्देय कमरेड ञउडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न काँग्रेसलाई आएन,’ उनले जवाफ दिएका छन्। अन्नपूर्णबाट साभार