
एमाले सचिवालय बैठक बस्दै
१ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बिहान साढे ११ बजे बस्ने छ ।
बैठकमा लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते पार्टीले आयोजना गर्ने युवा सहभागिताको तयारी तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।