![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एमाले संसदीय दलको बैठकले गम्भीर निर्णय गर्ने
काठमाडौँ २ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । सोमबार बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसेको हो । आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।
महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् ।
बैठकका विषयबारे विस्तृतमा नखुलाइए पनि यस बैठकले गम्भीर निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले बताएका छन् । ुगम्भीर विषयमा निर्णय लिनुपर्ने भएको छ । गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्न खोज्यो,ु बैठक जारी रहँदा भट्टराईले भने ।