एमाले मतदान भोलि बिहान ८ बजे

0
6

 

१ पुस, काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको एक नेताले बताएका छन्।

‘आज प्राविधिक कारणले मतदान हुन सकेन, ’उनले भने, ‘भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ।’ विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो।

मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो। पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here