

एमाले नेता प्रभु साहको रौतहटमा भब्य मन्तब्य, कार्यकर्तालाई दिए यस्तो निर्देशन
रौतहट २२ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभू साहले भब्य मन्तब्य दिदै मधेस प्रदेशको विकासको लागि नेकपा एमालेको सरकार हुनुपर्ने बताएका छन । रौतहटमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता साहले यस्तो बताएका हुन । साहले सम्पूर्ण कार्यकर्तालाई आपसी मतभेद भूलेर एकढिक्का भएर अगाडि बढ्न निर्देशन समेत दिए । उनले आफूहरुले पदबाट राजीनामा दिन लागेको भनेर गलत प्रचार गरिएको बताए ।
एमालेमा पदाधिकारी रहेको पूर्व माओवादी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असंतुष्ट भएर राजिनामा दिने कुरा केवल हल्ला मात्र भएको उनको भनाइ छ ।
साहले प्रतिक्रियावादी शक्तिहरुले जनतामा भ्रम छर्न यस्ता गलत समाचारहरु फैलाएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे ।
‘हाम्रोभित्र फुट गराउने, क्याडेटमा विवाद उत्पन्न गराउने, मुढभेड गराइदिने उनीहरुको कामै हो’ उनले भने, ‘तर हाम्रो काम भनेको जनता उत्साह पैदा गर्ने, भ्रम हटाउने र गर्डगडाहाटको साथमा आफ्नो मिसनलाई अगाडि बढाउने हो । त्यसैले यस्ता समाचारहरु आएमा नसुनिकन खारेज गरिदिनुहोला।’
आफुहरु समृद्धिको लडाइमा रहेका यस्ता हल्लाहरुले कुनै असर नगर्ने भन्दै उनले देशलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र सक्ने दावी गरे।