🎄 Holiday Season Special
एमाले नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु
५ पुष,काठमाडौं । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला केही समय अघि देखि सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा भेला सुरु भएको हो । हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो ।
गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् । ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए । भेलामा पोखरेल समूहका सबै नेता कार्यकर्ता सहभागी छन ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.