
एमालेसँग एक्ला एक्लै चुनाव लड्ने आँट कुनै पनि पार्टीसँग छैन भन्दै विष्टले गरे कडा टिप्पणी
गुल्मी पुष १२ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एक्लै चुनाव लडेर जित्ने आत्मविश्वास नभएका कारण प्रचण्ड र माधव नेपालसँग एमालेविरुद्ध गठबन्धन बनाउने बाहेक अन्य कुनै राजनीतिक एजेण्डा नै नरहेको टिप्पणी गरेका छन् । गुल्मीको मदानी गाउँपालिकास्थित जनज्योति क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले यस्तो बताएका हुन ।
विष्टले भने, ‘उहाँहरु सपना पनि कांग्रेसले भोट हालेर जितेको देख्नुहुन्छ । गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले गठबन्धनकै सपना देख्नुहुन्छ । एमालेसँग एक्ला एक्लै चुनाव लड्ने आँट कुनै पनि पार्टीसँग छैन ।’
पूर्वमन्त्री विष्टले आगामी निर्वाचनमा सबै दल गठबन्धन बनाएर आए पनि एमालेले परास्त पार्ने भन्दै शेरवहादुर देउवा नेतृत्वका सरकार जनताको मतबाट नभई बम्पर उपहारबाट प्राप्त भएको बताए ।