
एमालेले लियो कडा अडान
काठमाडौं माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने बताए ।
‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई ध्यानकर्षण पनि गराएका हौ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’
उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने तर्क गर्दै जेठ ५ भित्रमै चुनाव गर्नुपर्ने बताए । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि तर्क गरेका छन्। ओलीले गठबन्धन सरकारका दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताएका छन्। उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे।