![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![एमालेले जारी गरेको विज्ञप्तीले तर्सियो गठबन्धन, यस्तो छ प्रेस विज्ञप्ती ! 272786107 680964219737809 6583804052603032552 n b077dG](https://americakhabar.com/wp-content/uploads/2022/01/272786107_680964219737809_6583804052603032552_n-b077dG.jpeg)
एमालेले जारी गरेको विज्ञप्तीले तर्सियो गठबन्धन, यस्तो छ प्रेस विज्ञप्ती !
काठमाडौं १५ माघ । नेकपा एमालेले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तहमा निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि वैकल्पिक व्यवस्था नगरेको भन्दै २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सरकारलाई आग्रह गरेको हो ।
संविधानले गाउँनगरपालिका पदाधिकारी चयनका लागि प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित भएको मितिले ५ वर्षमा पदमुक्र हुने व्यवस्था गरेको स्मरण गराउँदै एमालेले ५ वर्ष पूरा हुनुअगाडि नै पदपूर्ति गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
बैठकपछि अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा २१५ र २१६ ले गाउँ नगर पालिकाको अध्यक्ष प्रमुख, उपाध्यक्षरउपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ बर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ । संविधानको धारा २१४ ले स्थानीय तहको सञ्चालन स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको छ र निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि अन्य वैकल्पिक व्यवस्था गर्ने कुनै पनि प्रावधान संविधानमा नभएको हँदा निर्वाचित भएको पाँच बर्ष परा हन अगावै नयाँ जनप्रतिनिधि निर्वाचित भइसक्न पर्दछ ।’ निर्वाचन नगर्ने नियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भनेर भूमपूर्ण प्रचार भइरहेको पनि उनले बताए ।