
एमालेलाई फेरी धक्का, प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं १९ माघ । नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्यले एमाले परि त्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।उनको प्रबेशले एमालेलाई धक्का लागेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन ।
२०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कर्माचार्यले बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताए ।
‘अब एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था रहेन, धुजाधुजा भएको कम्युनिस्ट आन्दोलन उठाउने अवस्था रहेन’ उनले प्रश्न गरे, ‘केपी ओली र उनका गलत कुराको साक्षी बसेर आत्मसमर्पण गरेर निरीह भएर त्यो पार्टीभित्र परिवर्तनको सपना देख्ने कि गलत कुराविरुद्ध विद्रोह गर्ने ? ’