एमालेको महाधिवेशन अन्तर्गतको निर्वाचनमा १० घण्टामा ११ सय भोट खस्यो
२ पुष, काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिले पनि मतदान जारी रहेको छ। बिहानदेखि सुरु भएको मतदान प्रक्रिया १० घण्टाभन्दा बढी समयदेखि चलिरहेको छ।
निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार अहिलेसम्म जम्मा मतदानमा ११ सय मत खसेको छ। कुल मतदाताको संख्या हेर्दा अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको उनले जानकारी दिए।
यही गतिमा मतदान जारी रहेमा अझै कम्तीमा पनि १० घण्टासम्म मतदान प्रक्रिया चल्न सक्ने अनुमान गरिएको छ। भृकुटीमण्डपमा भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू क्रमशः मतदानस्थलमा पुगिरहेका छन्। निर्वाचन आयोगले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउने तयारीमा कुनै कमी नराखिएको जनाएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.