
एमालेको भातृ संगठन उत्रियो देशव्यापी प्रदर्शनमा
काठमाडौं, १८ माघ । नेकपा (एमाले) को भातृ संठनहरु चुनावको मिति घोषणा माग गर्दै देशव्यापी रुपमा आन्दोलनमा उत्रिने तयारीमा छन् । राष्ट्रिय युवा संघ, अनेरास्ववियु सडकमा उत्रिएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको लागि सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलन गर्न निर्देशन समेत दिएका छन ।
अनेरास्ववियुले आज पुल्चोकस्थित् मन्त्री क्वार्टरअघि प्रदर्शन गरेको थियो । उनीहरुले मन्त्रीहरुको गाडीलाई कालो झण्डा देखाएका थिए ।
उता, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि उनीहरुले कालो झन्डा देखाएका छन् ।
अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्। सरकारले निर्वाचन नगर्ने मनशाय राखेको एमालेको आरोप छ ।