काठमाडौं २५ मंसिर । नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन । उनले पार्टीमा ठूलो जिम्मेवारी पाएका हुन ।
शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उमेर हदका कारण कार्यकारी भूमिकाबाट बाहरिएका बोहोरालाई अध्यक्ष केपी ओलीको प्रस्तावमा परिषद्को अध्यक्ष बनाइएको हो । एमाले विधानअनुसार सल्लाहकार परिषद्को अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ ।