
एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गियोः प्रदीप ज्ञवाली
धनगढी १६ फागुन । पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए । उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।
अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् ।
एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारी लाग्न आहृवान पनि गरेका छन् ।