एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

0
2

काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ । आज एक औपचारिक कार्यक्रमका विच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो ।
कलेजले क्यान्सरका बिरामीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हेतूले भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँग सहकार्य गरेको जनाएको छ । कलेजमा क्यान्सर रोगको उपचारका लागि हाल क्यान्सर रोग विशेषज्ञ डाक्टर रिता महासेट नेतृत्वको अंकोलोजी युनिट रहेको छ । अहिले कलेजमा रेडियोथेरापी सेवा वाहेक क्यान्सर उपचारका सबै सेवाहरु उपलब्ध रहेको अंकोलोजी युनिटकी प्रमुख डा महासेठले बताउनु भयो ।
समझदारी पत्रमा कलेजका प्रबन्ध निर्देशक डा सबिहा यासमिन तथा क्यान्सर सेन्टरको तर्फबाट अध्यक्ष डा सिमित सापकोटाले गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै कलेजकी प्रबन्ध निर्देशक डा।यासमिनले दुई संस्थाविचको समझदारीले क्यान्सरका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । क्यान्सर सेन्टरका अध्यक्ष डा।सापकोटाले नेपाल मेडिकल कलेजबाट सिफारिस भई आएका बिरामीहरुलाई सहजरुपमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
समझदारी अनुसार नेपाल मेडिकल कलेजले रेडियोथेरापीका लागि बिरामीहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा पठाउनेछ । पठाइएका बिरामीहरुलाई क्यान्सर सेन्टरले रेडियोथेरापीमा ५ प्रतिशत छुट दिनुको साथै आउट सोर्स सेवा वाहेक अन्य सेवाहरुमा १० प्रतिशत छुट समेत पाउनेछन् ।
क्यान्सर सेन्टरले गोकर्णेश्वर नगरपालिकाभित्र वा आसपास बसोबास गर्ने बिरामीहरूलाई आवश्यक सेवाकालागि नेपाल मेडिकल कलेजमा सिफारिस गर्ने, मेडिकल कलेजका डाक्टर, नर्स तथा प्यारामेडिक्सलाई आफ्ना सेवाबारे अभिमुखीकरण प्रदान गर्ने लगायत समझदारी कायम गरिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here