एक्लै होमिएर थाकिन्छ, तर हातेमालो गरेर अघि बढे टाढासम्म पुगिन्छः पुन मगर

0
10

 

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता टेक बहादुर पुन मगरले युवाहरूलाई एकताबद्ध र उद्देश्यपूर्ण यात्रा अघि बढाउन प्रेरित गर्ने अभिव्यक्ति दिएका छन्। आज सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै नेता पुन मगरले यस्तो अभिव्यक्ति दिएका हुन । मगरले भने, “डौडिन सजिलो त एक्लै हुन्छ, जहाँ थकाइ महसुस हुन्छ ठ्याच्च बस्यो । तर समूहमा डौडिँदा हौसला प्राप्त हुने हुँदा टाढासम्म पुग्न सकिन्छ।”

उनको यो अभिव्यक्ति पछिल्ला दिनहरूमा मौन र निराश भइरहेको युवा पुस्तालाई  सहकार्य र सकारात्मक अभियानमा जोड्न खोजिएको सन्देशका रूपमा हेरिएको छ। नेपालजस्तो चुनौतीपूर्ण राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यमा एक्लै लागेर परिवर्तन सम्भव नभएकाले अब युवाले एकआपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले स्पष्ट संकेत गरेका छन्।

पुन मगरको भनाइले विशेषगरी गाउँदेखि सहरसम्म क्रियाशील युवाहरूलाई ‘टीम–वर्क’ को मूल्य सम्झाएको छ। उनका अनुसार जब व्यक्तिहरू एक्लै संघर्ष गर्छन्, बीच–बीचमा निराशा र हार मान्ने स्थिति आउन सक्छ, तर सामूहिक यात्राले त्यो निराशाको क्षणलाई जितेर अझ दूरको लक्ष्यतर्फ अघि बढ्न ऊर्जा दिन्छ। उनले युवाहरूलाई भिन्न–भिन्न भूमिकामा भए पनि एउटै राष्ट्रिय उद्देश्यका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।

रास्वपाभित्र संगठन विस्तार, स्थानीयसँग समन्वय, र युवालाई नेतृत्वमा अघि ल्याउने प्रक्रियामा सक्रिय रहेका नेता पुन मगरले देश परिवर्तनको आधार नै संगठित युवा शक्ति रहेको प्रष्ट पारे।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here