
एकैदिन थपिए ११६७ संक्रमित
काठमाडौं २५ पुस । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ नमूना परीक्षणमध्ये ८४१ पीसीआर र ३२६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०४ छ । मन्त्रालयका अनुसार थप २२४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १४ हजार २३० पुगेको छ । हाल मुलुकभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।