
एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी भइरहेकोछः प्रचण्ड
काठमाडौं १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताएका छन् ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै समाजवादीसँग पार्टी एकताको तयारी भइरहेको बताएका हुन् ।
त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको उनले बताए ।
उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ । उनले भने,‘ त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ । तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ ।’