![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं २३ फागुन । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। यही फागुन २५ र २६ गते ९बुधबार र बिहीबार० बस्नेगरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान भएको एकीकृत समाजवादीले जनाएको छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ। यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिनेछ।
कार्की बैंक्वेट बबरमहलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संगठनात्मक संरचना लगायतका विषय पनि अजेन्डा रहेका छन्।