ऊर्जा मन्त्री कुलमान घिसिङ र बालेन्द्र शाहबीच फेरि छलफल सुरु
१२ पुस, काठमाडौं । कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच फेरि छलफल सुरु भएको छ। ऊर्जा मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच बालुवाटारस्थित एक निजी निवासमा छलफल सुरु भएको हो।
सोही निवासमा आज बिहान पनि उनीहरूबीच छलफल भएको बताइएको छ। उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सकेपछि घिसिङ प्रमुख शाहसँग छलफलमा जुटेका हुन्। केन्द्रीय समिति बैठकबाट घिसिङले कुनै पनि पार्टीमा विलय नहुने निर्णय गराएका छन्। सबै राजनीतिक शक्तिको अस्तित्व स्वीकार गरेर मात्रै एकता सम्भव हुने उनको धारणा रहेको छ।
यता, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग गर्न लागिएको सहमतालाई हालका लागि ‘होल्ड’ गर्दै कुलमान घिसिङसँग छलफललाई प्राथमिकता दिएका छन्।
दुवै नेताबीचको छलफललाई आगामी राजनीतिक सहकार्य र सम्भावित नयाँ समीकरणका रूपमा हेरिएको छ। छलफलको निष्कर्षबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

