
उपमेयर काफ्ले एमालेमा फर्किइन्
काठमाडौं १० माघ । सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनः एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुनः पार्टीमा स्वागत गरेको छ । पुनः माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।