
आफनो गृहजिल्लामा एमाले सम्झिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्री भक्कानिइन्
काठमाण्डौं पुस १६ । शहरी विकासमन्त्री रामकुमारी झाँक्री गृहजिल्ला गुल्मीमा नेकपा एमालेलाई सम्झिएर भक्कानिएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा एमालेमा गरेको संघर्षलाई सम्झिएर भक्कानिएकी हुन् ।एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै रहेको एमालेको पार्टी कार्यालय निर्माणताकाको क्षण सम्झिँदा मन्त्री झाँक्री भावुक बनेकी हुन् । उनले एमालेको भवन निर्माण गर्दा आफूले धेरै दुःख गरेको सुनाइन् । उनले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताइन् ।
‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौँु उनले भावुक हुँदै भनिन्, ुतर त्यही घर अहिले पार्टीबाट अलग भएको छ’ उनले गहभरी आशु झार्दै भनिन् । उनले नेकपा एमालेलाई ुपुरानो घरु र एकीकृत समाजवादीलाई नयाँ घरुका रूपमा अर्थ्याएकी थिइन् ।
उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको पनि सुनाइन् । उनले कुनै पनि हालतमा गठबन्धन नटुट्ने तर्क गरिन् । एमालेको चरित्रकै कारण आवश्यकताका आधारमा गठबन्धन बनेको उनको भनाइ छ । उनले गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचनपश्चात पनि कायमै रहेन बताइन् ।