🎄 Holiday Season Special
आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो
२ पुष, काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.