
आज मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं ३० पुस। आज शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।