![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
आज दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्दै
१४ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने हुनु भएको छ । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएका सभामुखले आज संयुक्त छलफल गर्न लाग्नु भएको हो ।
सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ।
यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनु भयो । संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।