
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
२५ चैत्र, काठमाडौं । तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे बैठकमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।