फाइल तस्बिर ।
२७ साउन, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालको नवगठित केन्द्रीय समितिको बैठक आइतबार (आज)देखि सुरु हुँदै छ । आउँदो बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ । बैठक साउन ३० गतेसम्म चल्ने छ ।
The post आजदेखि जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु first appeared on Khabar Breaking.