काठमाडौं पुस १० । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेकपा एकिकृत समाजवादी पार्टीका इमानदार कार्यकर्ताहरुलाई एमालेमा प्रबेश गर्न आहावान गरेका छन । उनले आगामी निर्वाचनमा एमाले पार्टीको बहुमत आउने दाबी गरे ।
उनले समाजवादीका कार्यकर्ताहरुलाई माधब नेपालको पछि लागेर समय बर्वाद नगर्न समेत सुझाव दिएका छन । उनले आफू धेरै सुझ बुझ गरेर समाजवादी छोडेर एमालेमा प्रबेश गरेको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो राष्टवादी नेता नेपालमा अरु नभएको बताए । अरु पार्टीका नेता भारत सामु लम्पसार हुने गर्छन तर ओली भारत सामु कुनै बेला पनि नझुकेको उनले बताए ।
देश र जनताको हितमा सोच्ने र काम गरेर देखाउने पार्टी भनेको एमाले मात्र भएको रिजालको भनाई छ । उनले आगामी निर्वाचन पछि एमाले फेरी सिंहदरवार छिर्ने दाबी गरे । उनले आफू पदको लोभमा एमालेमा प्रबेश नगरेको स्पस्ट पारे । उनले पाटीर्को नीति शिद्धान्त र बिचार राम्रो मानेर एमालेमा प्रबेश गरेको बताए ।