अर्थमन्त्री रामेश्वर खनाल र काँग्रेस नेता खतिवडा बीच विशेष भेटबार्ता

0
6

१ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडाले  ओखलढुङ्गा जिल्लामा आफ्नो कार्यकालका क्रममा सुरु भएका तथा प्रस्तावित कुनै पनि विकास योजना नकटून् भन्ने उद्देश्यले  अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग विशेष भेटघाट गरेका छन्।

भेटका क्रममा खतिवडाले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका पूर्वाधार, सडक, पुल, शिक्षा र स्वास्थ्यसम्बन्धी योजनाहरूको निरन्तरता अत्यावश्यक रहेको स्पष्ट धारणा राखेका छन्। उनले आफ्नो कार्यकालमा अघि बढाइएका तथा प्रस्तावित सबै विकास योजनाहरू कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन्।

अर्थमन्त्री खनालसँगको छलफलमा खतिवडाले ओखलढुङ्गाको भौगोलिक अवस्था र विकासको आवश्यकता औंल्याउँदै बजेट अभावका कारण कुनै पनि महत्वपूर्ण योजना रोकिँदा जनतामा नकारात्मक असर पर्ने उल्लेख गरेका थिए। जिल्लाको दीर्घकालीन विकास र जनजीवन सहज बनाउने उद्देश्यले सबै योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन उनले आग्रह गरेका छन्।

भेटघाटलाई सकारात्मक र परिणाममुखी बताउँदै खतिवडाले ओखलढुङ्गाको विकासका लागि आफू निरन्तर पहलरत रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here