अमेरिकी आवास बजारमा “ठूलो मन्दी” भइरहेको छ, बैंक अफ अमेरिकाको एउटा नयाँ रिपोर्टले बताएअनुसार अमेरिकी आवास बजारमा “ठूलो मन्दी” चलिरहेको रहेको जनाएको छ । घर बिक्रीको प्रोसेस एकदमै सोलो भैसकेको र मोर्गेज अनि घरमा गरिने खर्चमा ठुलो ह्रास आएको छ।
अमेरिका खबरको प्रारम्भिक बे एरियाको रिपोर्ट अनुसार पनि धेरै घरहरुको कारोबार रोकिएको र अहिले मे देखि जुलाई सम्ममा सेलमा राखिएका घरहरु पनि बिक्रि नभएको देखिएको छ। बे एरियामा धेरै अमेरिकीहरु घरको पैसा घट्ला र किनौला भन्ने दाउमा किन्नको लागि कुरेर बसेको देखिन्छ।
बैंक अफ अमेरिकाको रिपोर्ट अनुसार, Residential Mortgage Originations लास्ट इअर भन्दा २९% ले घटेको छ। यो घट्नुको कारण चाई लॉन लिनको लागि धेरै खर्च लाग्ने भएकोले गर्दा भएको देखिएको छ। फ्रेडी म्याकका अनुसार जुलाई २८ सम्म ३० वर्षे निश्चित दर बन्धकको औसत दर ५.३% थियो। एक वर्ष पहिले, यो २.५% थियो ।
घरको भाउ बढ्दा चर्को ब्याज दरले गर्दा घर किन्नेहरूको लागि अझ महँगो हुन्छ । तल दिइएको चार्टमा बैंक अफ अमेरिकाले सन् २००६ देखि आवासको खर्च कसरी सबैभन्दा कम भएको छ भन्ने कुरा प्रकाश पारेको थियो।