

अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि चल्दा एक जनाको मृत्यु र एक जना घाइते
अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि हाना हान एक जनाको मृत्यु र एक जना घाइते भएको छ।
यो घटना वेलास्को एवेन्यू र सान्टोस स्ट्रिटको क्षेत्रमा दिउँसो ३:२० बजेतिर रिपोर्ट गरिएको थियो।

अफिसरहरू त्यहाँ पुगेपछि दुई जना मानिसहरु गोली लागेको भेटाएका थिय। दुवैजानालाई अस्पताल पुर्याइयो र त्यहाँ तिनीहरूमध्ये एक जनाको मृत्यु भयो भनी प्रहरीले बताए। अर्को घटनाको पीडितलाई ज्यानै जान सक्ने गरि चोटहरु लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको छ । प्रहरीका अनुसार यतिबेला कुनै गिरफ्तारी गरिएको छैन।