अमेरिकी पुर्बी राज्य भर्जिनियाले सरकारी उपकरणमा टिकटक र वीच्याटलगायत चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
भर्जिनियाका गभर्नर ग्लेन योङकिनले शुक्रबार टिकटक र वीच्याटलगायत केही चिनियाँ एप्सलाई राज्य सरकारका उपकरण र वायरलेस नेटवर्कमा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । योङकिनको कार्यकारी आदेशमा बाइटडान्स र टेन्सेन्टले विकास गरेका एप्सको पनि उल्लेख गरिएको छ । भर्जिनियासँग सम्झौता गरेका कम्पनीहरुले पनि राज्यको स्वामित्वमा रहेका उपकरण वा सूचना प्रविधि (आईटी) पूर्वाधारमा यी एप्स प्रयोग गर्नु पर्दैन ।
आदेशमा भनिएको छ, ‘टिकटक र वीच्याटका डाटाचिनियाँ कम्युनिष्ट पार्टीका लागि सूचनाको स्रोत हुन् र उनीहरूको निरन्तर उपस्थितिले राष्ट्रिय सुरक्षा, गुप्तचर समुदाय र प्रत्येक अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतालाई खतरामा पारेको छ । रिपब्लिकन नेता योङकिनले भने, ‘आज हामी राज्य सरकारका उपकरण र वायरलेस नेटवर्कलाई घुसपैठबाट जोगाउन र राज्य सरकारको डाटा र साइबर सुरक्षा सुनिश्चित गर्न यो निर्णय लिइरहेका छौं। ”