

अमेजन प्राइममा रिलिज भयो बुलबुल
अमेजन प्राइममा रिलिज भयो बुलबुल
सन २०१९मा प्रदर्शनमा आएर राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कारहरु पाएको चलचित्र बुलबुल अमेजन प्राइममा रिलिज भएको छ । अमेरिका, बेलायत लगायत विश्वभरका दर्शकहरुले अमेजन प्राइमको साइटमा गएर निश्चित रकम तिरेपछि बुलबुल हेर्न सक्नेछन् ।

image
चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका विदेशमा रहेका दर्शकहरुले बुलबुल हेर्न अत्याधिक माग गरेपछि अमेजन प्राइममार्फत पुन प्रदर्शनमा ल्याउन आफुलाई उचित लागेको बताए । कहाँबाट कतिजनाले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा चलचित्र निर्माता आफैले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताहरुको लागि र दर्शकहरुको लागि पनि घरमै बसीबसी आफनो समयानुसार चलचित्र हेर्न पाउनु सुनौलो अवसर भएको पनि थापाले बताए ।

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभल लगायत अन्य घरायसी फेस्टिभलहरुमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन भने निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो भने संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो । चलचित्रमा नवअभिनेता मुकुन भुषाल , लक्ष्मी बर्देवा ,दीपक क्षेत्री लगायतको पनि दमदार अभिनय रहेको छ ।


Source: Awaken Production