अध्यक्ष ओलीको चुनावी कमान्डर दाहाल, ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

0
23

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नम्बर ५ मा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। गौरादह नगरपालिकामा शुक्रबार बसेको एमाले झापा–५ समन्वय कमिटीको बैठकले देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिको सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्ले रहेका छन्।

संयोजक दाहाल पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हुन् भने उनी २०४८ सालदेखि ओलीको चुनावी रणनीति सम्हाल्दै आएका नेता हुन्। निर्वाचन परिचालन समिति अन्तर्गत कार्यालय सञ्चालन, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, कानुनी परामर्शलगायत ९ वटा उपसमिति गठन गरिएको छ।

२०४८ सालदेखि झापा–५ बाट उम्मेदवार बन्दै आएका ओली २०६४ बाहेक ६ पटक निर्वाचित भइसकेका छन्। यस पटक उनीविरुद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बनेपछि झापा–५ राष्ट्रिय चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here