

अग्नि कुमारी पुडासैनीको चौरासी पूजा सम्पन्न
काठमाण्डौं १६ चैत । समाजसेवी तथा धार्मिक अभियान्ता होमनाथ पुडासैनीले आफ्नो माता अग्नि कुमारी पुडासैनीको चौरासी पूजा र आफ्नो नातिनी एन्जिला पुडासैनीको गुन्युचोलो दिने कार्यक्रम आफ्नो पुर्खेउली गाउँ बेल्कोटगढि ३, नुवाकोटमा भब्य रुपमा सम्पन्न गरेका छन ।
३० बर्ष देखि काठमाण्डौं बस्दै आएका पुडासैनीले आफ्नो माताको चौरासी र आफ्नो नातिनीको गुन्युचोलो दिने कार्यक्रम आफ्नो पुर्खेउली गाउँ बेल्कोटगढि ३, नुवाकोटमा भब्य रुपमा सम्पन्न गरेका हुन । पुडासैनीले चैत्र १३ गते सत्यनारायण पूजा संगै चैत्र १४ गते आमाको चौरासी पुजा र नातिनीको गुन्युचोली दिने कार्यक्रम गरेका थिए ।
पुडासैनीका अनुसार पूजामा ३०० जति पर पाहुना आएका थिए । पुडासैनी जलेश्वर मन्दिरको संस्थापक संयोजक समेत हुन । उनले केही समय देखि सामाजिक कार्यका साथै धार्मिक अभियान चलाउँदै आएका छन ।