Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • Timima Euta Nasaha Chha Promo – Uday Sotang #shorts Breaking News
  • New Dancing Song 2075 | Pani Paryo – Pranil Tamang & Nirmala Lama #shorts Breaking News
  • Why Zero Stress Shouldn’t Be Your Goal
    English News: Why Zero Stress Shouldn’t Be Your Goal Breaking News
  • रेल्वे विधेयक राष्ट्रिय सभाबाट पारित Breaking News
  • देउवाद्वारा प्रचण्डको खुलेर प्रशंसा Breaking News
  • घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने Breaking News
  • maxresdefault 15
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 142 | Mar 19, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
nefscun chandra dhakal 300x158 U07oQN AMERICA KHABAR April 3, 2025

६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

Posted on April 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

२१ चैत, काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानले सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रुपमा लिएको बताएका छन् । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा  बुधबार ( २० चैत ) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समितिको कार्यक्रम बोल्दै उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र अधिकार मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न सकिने भन्दै संविधानबाट नै सहकारीलाई छुट्टै पहिचान दिएको बताए ।

उनले भने, ‘सहकारी आफैमा आर्थिक, सामाजिक जागरणको अभियान पनि हो । हाम्रो संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनिकरण, आत्मनिर्भर, दिगो एंव समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रुपमा स्वीकार गरेको छ । सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र अधिकार मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति र सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने, राष्ट्रिय विकासमा परिचालन गर्ने नीति अनुसार हामीले संविधानमा नै उल्लेख गरेर सहकारीलाई संविधानमा नै आत्मसाथ गरेर छुट्टै पहिचान दिएका छौ ।’

यस्तै, उनले सहकारीमा महिलाहरुको ५६ प्रतिशत सहभागिता रहेको भन्दै यसले महिला सशक्तिकरण र नेतृत्व विकासलाई थप सार्थक बनाएको बताए ।

सोही समारोहमा मन्त्री बलराम अधिकारीले राज्यले सहकारी अर्थतन्त्रको एक खम्बा हो भनेर अगाडि बढाएको नीति प्रमाणित गर्नको लागि सबै भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘आज प्रस्तुत भएका सबै सुझावहरु ग्रहण गर्छौ । नमिलेको कुरालाई मिलाउनको लागि सबै लाग्ने हो । सहकारीलाई अगाडि बढाउन र राज्यले सहकारी अर्थतन्त्रको एक खम्बा हो भनेर अगाडि बढाएको नीति प्रमाणित गर्नको लागि सबै भावनात्मक रुपले अगाडि बढ्न जरुरी छ ।’

उनले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न नियमन प्राधिकरण ल्याउनु पर्यो, कर्जा असुली न्यायधीकरण गठन गर्नुपर्यो, सूचना केन्द्र खोल्न पर्यो भनेर आवाजहरु उठिरहेको भन्दै यसलाई छिटोभन्दा छिटो ल्याउनु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताइन । उनले भनिन्, ‘कोरोना महामारीसँगै आर्थिक मन्दी देखियो । अर्को कुरा हामीले लुकाउनु हुँदैन सहकारीलाई निजी कम्पनी जस्तो व्यक्ति धनी हुनका लागि केही व्यक्तिहरुले सहकारीलाई अवसरको रुपमा मानेर आफू धनी हुन खोज्दा त्यसको समस्या पीडा आज सहकारी आन्दोलनले भोगिरहेको ययार्थलाई नर्कान सक्दैनौं ।’

यसका साथै उनले सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताइन् । २०७४ सालको ऐन र नियमावलीमा भएका कुराहरु आजसम्म लाग्र हुन नसकेको उनको भनाई छ ।

सहकारी सञ्चालकले सदस्यहरुलाई सहकारीको कर्तव्य र जिम्मेवारी बारे बुझाउन नसकेको बताउँदै उनले भनिन्, ‘बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई समस्या परेको छ । बचतकर्तालाई बचत गर्न सिकायौं तर, बचतकर्तालाई सहकारी तपाईहरुको हो र दुःख सुखमा सहकारीको प्रवद्र्धन गर्नुपर्छ भनेर बुझाउन सकेनौं ।’

सोही अवसरमा राष्ट्रिय सहकारी महासंघले यस वर्षको पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारीको नाम घोषणा गरेको छ ।

सहकारी क्षेत्र एक विश्वसनीय सहकार्यको थलो बन्नुपर्छ: नेफ्स्कून

nefscun chandra dhakal AMERICA KHABAR April 3, 2025
नेपाल  बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्र आम जनमानसमा एक विश्वसनीय सहकार्यको थलो बन्ने बताएको छ ।

राष्ट्रिय सहकारी दिवसले सहकारी क्षेत्र आम जनमानसमा एक विश्वसनीय सहकार्यको थलो बन्ने र विशेष गरी सदस्यहरूले राखेको बचतको सुरक्षाको प्रत्याभूति रहने साथै महाअभियानमा लागेका बृहत सदस्यहरूको जीवनस्तर परिवर्तन हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना वक्तव्य जारी गर्दै ‘मर्यादित सहकारीः समुन्नत समाज’ को मर्म अनुरुप सम्बद्ध सबैबाट यस क्षेत्रको दिगो विकासमा सक्रिय योगदानको पूर्ण अपेक्षा र विश्वास लिएको जनाएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेफ्स्कूनले स्थापनाकाल (२०४५ साल) देखि बचत ऋण सहकारीहरूको स्थापना, प्रबद्र्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनमा विश्वका सफल अभ्यासहरूको आन्तरिकीकरण एवम् हस्तान्तरण गर्दै साकोस विकासमा निरन्तर प्रतिबद्धता सहित आफ्नो गन्तव्यमा लागिरहेको विश्वास दिलाउन चाहन्छु । संघले सदस्य संघ संस्थाहरूको वित्तीय सुरक्षा तथा स्तरीयता कायम राख्न २०५५ सालदेखि संस्थागत विकास, गुणस्तर सुनिश्चितता एवम् सञ्जालिकरणका लागि आवश्यक कार्यक्रमहरू विकास गरी कार्यान्वयन गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरूलाई जोखिमबाट संरक्षण गर्न सहकारी ऐन, २०७४ को दफा १०३ बमोजिम २०७६ सालदेखि स्थिरीकरण कोष विधिवत रुपमा शुरुवात भई निरन्तर विकासको चरणमा रहेको छ । स्थानीय तहसँगको समन्वयमा आधारशिला कार्यक्रम कार्यान्वयनमा रहेको छ । संघले आफ्नो छैटौं रणनीतिक योजनाको केन्द्र बनाएको साकोसहरूमा प्राविधिकीकरण र प्रविधि मार्फत दिगो साकोस व्यवस्थापनको सञ्जालको परिकल्पनालाई साकार पार्न चालिएका कदमहरुले नतिजा प्राप्त गर्न थालेको अवस्था छ ।’

त्यसैगरी बचत तथा ऋण सहकारी क्षेत्रको विकासमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको विषयले नयाँ आयाम लिनेछ भन्नेमा अभियान विश्वस्त रहेको समेत जनाएको छ ।

 

 

Breaking News

Post navigation

Previous Post: चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित
Next Post: काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा

Related Posts

  • americakhabarskyline
    KhabarBreaking.com: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 392 | 09 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 392 | 09 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • काठमाडौं सोधेर प्लेन चढ्न एअरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य Breaking News
  • Ambassador’s meeting with Congressmen Mike Carey on 2 June 2023 Breaking News
  • #Gajalutika #rajulama #nepalisong Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एलन मस्क ट्वीट गर्दै – (Chart by James Stephenson) https://t.co/rOHfjXGVmU भने Business
  • पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य Breaking News
  • आखेटोपहारसहित दुईजना पक्राउ Breaking News
  • एमसीसी समयमै संसदमा नल्याउँदा समस्या भयोः केपी शर्मा ओली Breaking News
  • मन्त्री झाँक्री माथि लगाए रिजालले गम्भिर आरोप Breaking News
  • #yonanikosiraima #shorts #musicnepal Breaking News
  • maxresdefault 24
    Birkhe Series episode 2 Breaking News
  • basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025
    वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण Breaking News
  • newsmaithili prachand
    पार्टी पुन निर्माणको महान अभियानतिर जान खोजेका छौ : प्रचण्ड Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • KhabarBreaking.com: बारपाकमा आज सार्वजनिक बिदा Breaking News
  • नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme