हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा  सम्पन्न

0
25

काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा  सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौँको अनमोल ब्याङ्क्वेट, शंखमुलमा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता पुस २१ गते बन्द गरिएको थियो । पुस २० गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाएका थिए ।

 साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ। 

साथै, सोही आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने रु २० करोड १२ हजार ५९२ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

त्यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि तथा दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।

उनले स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा सरोकारवालाहरूको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

त्यसैगरी, स्वागत मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बाबजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताइन् ।

उनले कम्पनीको वित्तीय सुदृढता, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले आगामी दिनमा पनि दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । विषम् आर्थिक परिस्थितिमा समेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएकोमा अधिकांश सेयरधनीहरूले सन्तोष व्यक्त गरेका थिइन्।

साधारणसभामा सेयरधनीहरूका तर्फबाट लबराज जोशी, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठलगायतले आ-आफ्नो धारणा राख्दै कम्पनीको व्यवस्थापनप्रति विश्वास व्यक्त गरेका थिए ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here