हाम्रो साकोसमा नयाँ संचालक समिति निर्वाचित; अध्यक्षमा श्यामकृष्ण घिमिरे

ललितपुर । ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भूप्रसाद फुयालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल मर्हजन, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख केदारनाथ उप्रेती लगायतको उपस्थिति रहेको थियो।

साधारणसभाबाट आगामी चार वर्षको कार्यकालको लागि संस्थाको अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद बजगाई, कोषाध्यक्षमा विदुर प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । त्यस्तै , सदस्यहरुमा कमल प्रसाद तिमिल्सिना, दामोदर घिमिरे, प्रेमप्रसाद बजगाई, राधिका विष्ट, लेखबहादुर श्रेष्ठ, रुपा खत्रि, भरत घिमिरे, बिदुर घिमिरे र मणिराज सञ्जेल निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा नारायण पोखरेल र लक्ष्मी व्यञ्जनकार निर्वाचित भएका छन् ।

साधारणसभाले आर्थिक वर्ष २०८/०८१ को वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ ।

समीक्षा आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड १५ लाख, बचत संकलन १ अर्ब २९ करोड १५ लाख, लगानी १ अर्ब २१ करोड ९१ लाख, जगेडा कोष १४ करोड ४ लाख रहेको छ । साकोसको कुल सम्पत्ति १ अर्ब ७६ करोड ३१ लाख पुगेको छ ।

संस्थाले २४ करोड ८८ लाख कूल आम्दानी गरी २० करोड ९३ लाख खर्च गरेको छ । त्यस्तै आयकर अघिको बचत ३ करोड ९५ लाख रहेको छ । संस्थाले ३ करोड ३८ लाख रुपैयाँ खु्द नाफा गरेको छ ।

लगनखेलको मुख्य कार्यालय र ३ सेवा केन्द्रबाट २४ जना कर्मचारीले ७ हजार २ सय २५ जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको संस्थाले जनाएको छ ।

The post हाम्रो साकोसमा नयाँ संचालक समिति निर्वाचित; अध्यक्षमा श्यामकृष्ण घिमिरे first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न