Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नागरिक लगानी कोषद्वारा साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय Breaking News
  • घरेलु कामदारको हङकङमा धेरै डिमाण्ड छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन Breaking News
  • मध्यराति खसेको पहिरोमा परि ३ जना वेपत्ता, खोजीकार्य जारी Breaking News
  • #TimilaiMakBhanu #narayangopal #shorts #musicnepal Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुति सुति जागिर खाउँ | Comedy Hub | Nepali Comedy | Pyakuli, Latte | Arjun Pokhrel, Durga Kharel Breaking News
  • शिखर इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभाबाट १०% बोनस शेयर लगायतका प्रस्ताव पारित Breaking News

हामी कहाँ चुक्यौं भन्ने कुरा व्यवस्थापन संघलाई प्रश्न छः अर्थमन्त्री विष्णु पौडेल

Posted on February 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on हामी कहाँ चुक्यौं भन्ने कुरा व्यवस्थापन संघलाई प्रश्न छः अर्थमन्त्री विष्णु पौडेल

२६ माघ, काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी संस्थान र उद्योगले निरन्तर घाटामा जाने र बन्द हुने नियति भोग्दै आउँदा व्यवस्थापनमा कमजोरी औंल्याउनुपर्ने अवस्था रहेको बताउनु भएको छ ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२५ मा शनिबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालीहरू व्यवस्थापनमा विश्वका विभिन्न क्षेत्रमा दक्ष भइरहँदा आफ्नै मुलुकमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उहाँको भनाई छ ।

‘कुरा कम गर्ने, काम धेरै गर्ने बाचा र पालना पनि गर्नेछु, अहिलेको दुनिया व्यवस्थापनको हो। व्यवस्थापनमा तपाइँ चुक्नुभयो भने प्रतिभा र समार्थ्यको औचित्य छैन। यही कुरामा अहिले हामी चुकिरहेका छौं,’ उनले भने, ‘नेपालीहरूको व्यवस्थापनको स्किल विश्वले जान्दै छ। तर, आफ्नै देशमा भने त्यसरी काम गर्न सकिरहेका छैनौं। हामी कहाँ चुक्यौं भन्ने कुरा व्यवस्थापन संघलाई प्रश्न छ।’

उहाँले नेवानि व्यवस्थापनमा चिन्ता व्यक्त गर्नु भयो । ‘हाम्रै देशभित्र रहेका निजी कम्पनीले ३०० कर्मचारी राखेर ठूलो कमाइ गरिरहेको उदाहरण धेरै छ। तर, ८ गुणा बढी अर्थात् २३०० कर्मचारी हुँदा पनि नेपाल वायुसेवाले कुनै व्यवस्थापन गर्न सक्दैन किन ? नेपाल वायुसेवाले सरकारसँग ऋण माग्ने र खर्च गर्ने बाहेक अन्य केही पनि गर्न सकिरहेको छैन।’

नेवानिको व्यवस्थापन राम्रो बनाउन कसरी काम गर्न सकिन्छ भन्नेमा नेपाल व्यवस्थापन संघले सरकारलाई सुझाव दिनुपर्ने खाँचो उनले उल्लेख गरे। ‘सूर्य टोबाको निजी क्षेत्रको कम्पनी ठूलो हुँदै आएको छ। राम्रो कमाइ पनि छ। तर, सरकारको जनकपुर चुरोट कारखाना इतिहास मात्रै बन्यो। यसमा हामी के व्यवस्थापन गर्न नसक्दा चुक्यौं त ?

सरकारी सिमेन्ट उद्योगको व्यवस्थापनबारे पनि अर्थमन्त्री पौडेल चिन्तित सुनिए। ‘निजी क्षेत्रको सिमेन्ट कारखानाहरूले अहिले देशको मागलाई समेत धानेर निर्यात गर्न थालेका छन्। तर, सरकारकै उदयपुर, हेटौंडा सिमेन्ट कारखाना अहिले रुग्ण अवस्थामा छन्। हामी यसको व्यवस्थापन गर्न चुक्यौं, यसले गर्दा हामी निजी क्षेत्रले जस्तो काम गर्ने अवस्थामा नभएको पुष्टि हुन्छ।’

ठूला आयोजनाहरूको काम गर्न पनि कसरी कहाँ चुक भएको छ भन्ने मनन गर्ने अवस्था रहेको उहाँले बताउनु भयो । ‘अस्ति भर्खर बुटवलदेखि गोरुसिंगेको एक्सप्रेसवे ४ लेन र २ लेन सडक शिलान्यास गरियो। तर, त्यहाँको जनतालाई सडक बन्न लागेको कुरामा दुःख लागेको छ। ठेक्का लाग्नेबित्तिकै त्यहाँका जनताले दुःख व्यक्त गरे। किनभने अब सडक भत्किने भयो, तर बन्ने कहिलेसम्म भन्ने डरले पनि जनताहरू नयाँ आयोजना आउँदा पनि डराउँछन्।’

सरकारले जनतालाई व्यवस्थापनमा आश्वस्त पार्न नसकेको अवस्था रहेको उहाँले जिकिर गर्नु भयो । ‘यस्तो अवस्था कसरी बन्यो ? कहाँ हामी चुक्यौं ? आधुनिक र विकसित नेपाल बन्नको लागि यी प्रश्नहरूको जवाफ आउनु जरुरी छ,’ उहाँले भन्नु भयो , ‘लगानीको समस्या चुनौतीपूर्ण अवस्थामा छ। चालु खर्च पनि धान्न नसक्ने राजस्व संकलन छ। राजस्वले साधारण खर्च धान्न हम्मे छौं। अनि पूर्वाधार विकासको काम कसरी गर्ने ?

अन्तर्राष्ट्रिय नियोग तथा देशहरू अहिले नेपालमा ऋण तथा अनुदान गर्न संकुचन हुँदै गइरहेको उल्लेख गर्दै उहाँले विकासका लागि आन्तरिक ऋण सानो आकारको अनुदानहरूले हाम्रो पूर्वाधार विकासलाई सम्बोधन गर्न नसक्ने बताउनु भयो ।

Breaking News

Post navigation

Previous Post: निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश
Next Post: पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छः अध्यक्ष ढकाल (भिडियो सहित)

Related Posts

  • गुडिरहेको रेलमा आगो लागेपछि… Breaking News
  • Mayale Odheko Salko | Garau Ramailo | Samikshya Adhikari Breaking News
  • 495680140 9619275024820224 123286337113684586 n UZ8B6Q5kKl 74sEg2 AMERICA KHABAR May 7, 2025
    बागमती प्रदेशमा आज सार्वजनिक बिदा Breaking News
  • धड्कन सुन्दै मृत्यु पर्खनेहरुको नाममा Breaking News
  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ सार्वजनिक Breaking News
  • #khatrabattle #promo #shorts #releasingsoon Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 22
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali छोरा र छोरी बिचको बिभेद | Kalpana Khatiwada | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 842 | 16 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 842 | 16 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Suffering Shouldn’t Be a Normal Part of Womanhood
    English News: Suffering Shouldn’t Be a Normal Part of Womanhood Breaking News
  • Profile and Interviews: amaira ko le gyi y orat🥲😭#amairagurjar #shorts profile-and-interviews
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • गुल्मीदरबारमा काँग्रेसको जिम्मेवारी, गोविन्द पाण्डेलाई उम्मेदवारी Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ फुलकन्ट्याक्ट कराँते प्रतियोगिता  ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न Breaking News
  • कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र Breaking News
  • मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा Breaking News
  • How to Start Foraging, According to TikTokers
    English News: How to Start Foraging, According to TikTokers Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 279 | 02 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -279 | 02 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • ह्रस्व दीर्घमा ब्रह्मानन्दम Breaking News
  • दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव Breaking News
  • तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme