स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

२१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र सम्बन्धमा बिहीवार राजधानीमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता आयोजक स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्री धर्मराज सापकोटाले गरेका थिए । प्रतिनिधि सभाका अर्थ समितिका सभापति  सन्तोष चालिसेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष  सन्तोष नारायण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थ समितिमा आइपुगेका विधेयकबारे व्यापक छलफल भएन भने त्यसले नकारात्मक असर पार्ने बताए । उनले नेपाल धितोपत्र सम्बन्धि विधेयक अर्थसमितिमा आएको जानकारी दिए।

‘नेपाल धितोपत्र सम्बन्धि  विधेयक अर्थ समितिमा आइपुगेको छ । यसमा व्यापक छलफल गर्न जरुरी छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले अर्थ समितिमा ५ वटा विधेयक आएर बसेका छन् । यी महत्त्वपूर्ण विधेयकहरू हुन् । यी विधेयकलाई चानचुने हिसाबले पास गरेको खण्डमा त्यसले सकारात्मकभन्दा नकारात्मक दिशा पक्रिन्छ ।’ यी विधेयकहरूमा सम्बन्धित विज्ञहरूसँग व्यापक छलफल गर्न जरुरी रहेको छ ।

ऋण लिएकाहरूले तिर्न नसकिरहेको अवस्था रहेको बताउँदै उनले अगाडी भने, ‘अहिले बैंकहरुमा पैसैपैसा छ । तर बजार चलायमान छैन । ब्याजदर घटेको घट्यै गर्दा समेत बैंकहरुमा ऋण लिन गएका छैनन् । निर्माणको काम हुन सकेको छैन । घरजग्गाको कारोबार भएको छैन ।’

लामो समयदेखि उद्योगधन्दा चलाइरहेका उद्योगीहरू धरासायी भए, उनीहरू निराश भएभने राज्य अगाडि बढ्न नसक्ने उनको तर्क छ ।सुरक्षित कारोबार गर्नका लागि कस्तो भूमिका खेल्नु पर्छ भन्नेमा आफू सधैँ तत्पर रहेको समेत उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोर्ड अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले नेपालको पूँजी बजारको समृद्धि र सुधारमा धितोपत्र दलाल व्यवसायीहरूको भूमिकाको प्रशंसा गर्दै  दुई छुट्टाछुट्टै संघहरूलाई एकीकृत गरी एउटै साझा संस्था निर्माण गर्न लागिएकोमा बधाई दिएका थिए।
बोर्ड अध्यक्ष श्रेष्ठले “Fair, Transparent & Resilient Capital Market” लाई आफ्नो मूल नाराको रूपमा प्रस्तुत गरे । उनले  सर्वसाधारण लगानीकर्ताहरूको हित संरक्षणलाई सर्वोच्च स्थानमा राखी बजारमा हुन सक्ने manipulation, insider trading, share cornering, circular trading लगायतका अनैतिक क्रियाकलापहरूलाई निस्तेज पार्न निर्ममताका साथ प्रस्तुत हुने धारणा व्यक्त गरे । साथै सर्वसाधारण लगानीकर्ताहरूको मुख्य चासो धितोपत्र कारोबारको समयमै हिसाबको राफसाफ रहने हुदाँ यसमा विशेष ध्यान दिनका लागि धितोपत्र दलाल व्यवसायीहरूलाई आग्रह गरे।

हालै भएको  दुई स्टक ब्रोकरको ‘मर्जर’पछि आज पहिलोपटक नयाँ नेतृत्व चयन हुन लागेको हो । कात्तिक २८ गते दुई संस्थाबिच मर्जरमा जाने समझदारी (एमओयू) भएको थियो । यसै अधिवेशनपछि मर्जर प्रक्रियाले पूर्णता पाउनेछ ।

नेपाल धितोपत्र बोर्डले गत वर्ष नयाँ स्टक ब्रोकरहरूलाई लाइसेन्स दिएपछि आएका नयाँ स्टक ब्रोकरहरूले पुरानो संस्थामा ठाउँ नपाएको भन्दै ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’ नामक नयाँ संस्था गठन गरेका थिए । तर दुईवटा संगठन हुँदा यो क्षेत्रको सवालको विषयमा आवाज एकत्रित हुन नसकेको भन्दै तीन साता अघि मात्रै दुई संस्था मर्जरमा जाने सम्झौता गरेका थिए ।

उक्त सम्झौता अनुसार ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’का सबै सदस्यहरूले ‘स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल’को सदस्यता प्राप्त गर्ने र त्या संस्थालाई खारेजीमा लैजाने समझदारी भएको थियो । सदस्यता पाएका संस्थाको महाधिवेशन आउनै लागेकोले त्यही महाधिवेशनबाट नयाँ नेतृत्व टुङ्ग्याउने गरी त्यति बेला सम्झौता गरिएको थियो ।

The post स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री