१० मंसिर , काठमाडौं । आइतबार सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा आज सुनको मुल्यमा प्रतितोला १५ हजार ९ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
The post सुनको मुल्यमा एकैपटक १५ हजार ९ सय रुपैयाँले गिरावट first appeared on Khabar Breaking.