सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९/८० तथा आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभा  सोमबार (२१ असोज ) कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष अनिल कुमार रुङ्टाको अध्यक्षतामा भएको साधारणसभाले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको हो । त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ।

यस बाहेक विशेष प्रस्तावको रुपमा  कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावमा पनि कम्पनीका सेयरधनीले स्वीकृति दिएका छन्।  कम्पनीले अगाडी सारेको  कम्पनीको परिवर्तन गर्न लागिएको नाम सिईडिबि होल्डङ्ग्स लिमिटेडलाई साधारणसभाले सहमित दिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरेको थियो । असोज ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्।

The post सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न