साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव सम्पन्न

२७ भदौ, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कर्पोरेशनले भाद्र २७ गते बिहिवार मुल समारोह कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको समुद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी, शेयर धनी, कर्मचारी परिवार, डिलर, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले कर्पोरेशनको भूमिकाका कारण बजारलाई व्यवस्थित बनाउन टेवा पुग्दै आएको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको कर्पोरेशनकै कारण दैनिक उपभोग्य तथा अत्यावश्किय वस्तुहरुको पहुँचलाई सर्वसाधारणसम्म पुर्याउने सरकारको दायित्वलाई पुरा गर्न पनि सहज बनेको बताउनुभयो । साथै मन्त्री भण्डारीले केहि कुरा स​र्टेज​ हुदाँ साल्ट​ ट्रेडिङ​ आम उपभोक्ता र सरकारको साथ​मा छ​ भ​न्ने अनुभुती हुने गरि काम गर्दै कृति​म​ अभाव​लाई स​माधन​ ग​र्ने सवालमा पनि कर्पोरेशनले साथ दिदै जाने विश्वास व्यक्त गर्नुभयो। युनिय​न​ह​रुले व्य​व​सायिक विकास​का लागि योग​दान​ दिन​ स​के संस्थाग​त​ विकास​ले अझ​ ग​ति लिने म​न्त्री भ​ण्डारीले ब​ताउनुभयो । उहाँले नीतिग​त​ रुप​मा प​नि कर्पोरेशन​को स​ब​लिकर​ण​मा स​र​कार​ले कार्य​योज​ना स​हित​ अघि ब​ढने जानकारी पनि गराउनुभयो । ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ मन्त्री भण्डारीले भन्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने भनाईसहित उहाँले सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ त्यसैगरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा अघि बढ्दै जानुपर्ने बताउनुभयो।सो अवसरमा मन्त्री भण्डारीले ज​न​ताको विश्वासिलो संस्थाका रुप​मा कार्य​ ग​र्दै आएको कर्पोरेशनले समयानुकुल थप सेवा बिस्तारसहित अझ प्रगति हासिल गर्न सकोस् भनी शुभकामनासहितको शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले आफ्नो उ२ेश्य अनुरुप दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण उपभोक्ताको घरदैलोमा सेवा पुर्याइ रहेको जानकारी दिनुहुँदै समाजलाई उपयोगी सामानहरु समेत आपूर्ति र विक्री वितरण गर्दै आएको जनाउनुभयो । ‘हाम्रो अभियानमा नेपाल सरकार, अन्य सबन्धित निकायहरु र सर्वसाधारणबाट उल्लेखनीय सहयोग प्राप्त भइ रहेकोछ भने भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास गरेको छौं । त्यसैले हाम्रो सफलता भनेको यहाँहरुको सफलता हो भन्ने धारणा सहित भविष्यमा आफ्नो सेवालाई अझ सक्षम र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती एवम् समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्न र उपभोक्ताको मन जित्न सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालन गरेको र नेपाल सरकारले पनि कर्पोरेशनलाई विश्वास गरी समय समयमा थप जिम्मेवारी प्रदान गरेकोमा अध्यक्ष श्रेष्ठले आभार समेत व्यक्त गर्नुभयो ।

त्यसैगरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्व सुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताउनुहुँदै यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोेरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नून लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पुरा गरेको तथा राष्टमा आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा र्पुयाउने यात्रालाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । ‘कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नमा समेत प्रतिवद्ध हुंदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार व्यक्त गदछौ. । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ । कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउट लेट बाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलो सम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ्’ उहाँले थप जानकारी दिदैै भन्नुभयो ।

साल्ट टेडिङ्ग कर्पोरेशनले कारोवार र सेवाको क्षेत्र दिनानुदिन बढाउदै लगेको र भविष्यमा अझ बिस्तार गर्ने नीति लिएको बताउनुहुँदै उहाँले सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने विश्वास लिएको पनि बताउनुभयो ।

The post साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न