१२ साउन, काठमाडौँ । यही साउनको अन्तिम साता जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन्।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ।
The post साउन २७ गतेदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक first appeared on Khabar Breaking.