Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • cormacure hotel borSDUCDdI nIlkTc AMERICA KHABAR January 16, 2025
    अन्तर्राष्ट्रिय चेन होटल ‘मक्र्योर’ को प्रधानमन्त्री ओलीद्वारा काठमाडौंमा समुद्घाटन Breaking News
  • नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै Breaking News
  • maxresdefault 6
    SINDUR “सिन्दुर” || Nepali Tele Serial || Episode 31 || Garima Panta, Deepak Tripathi, Suman Singh Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै Breaking News
  • छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति Breaking News

साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

११ फागुन, काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी-सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा।डा। सुदन झा, ई तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहनुभएको छ भने महासचिवमा डा सुमन थपलिया निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रविण खड्का चयन हुनुभएको छ । कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल रहनुभएको छ ।

साधारणसभामा महासचिवको वार्षिक आर्थिक प्रतिवेदन तथा कोषाध्यक्षको लेखा प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । सो अवसरमा सहभागीहरूले एनपी(सर्टको ब्रान्डिङ सुधार, डेटा सुरक्षामा ध्यान केन्द्रित गर्ने तथा साइबर सुरक्षाको सुदृढीकरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले नया कार्यसमितिलाई शुभकामना दिनु हुँदै आगामी दिनमा पनि एनपी(सर्ट नेपालमा साइबर सुरक्षालाई सुदृढ बनाउन सक्रिय रहने तथा संगठनको नवीनतम ध्यान र रणनीतिक दृष्टिकोणले साइबर जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहलहरू सञ्चालन गरी राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि एनपी-सर्टको सल्लाहकार रहनुभएका डा सुब्बा नेतृत्वको नयाँ कार्यसमितिले संस्थालाई उपल्लो स्तरमा लैजाने योजनासहित आगामी तीन वर्षे कार्यकालका लागि विभिन्न प्राथमिकता र पहलहरू पहिचान गरेको छ । अध्यक्ष डा। सुब्बाका अनुसार आगामी कार्यकालमा साइबर सुरक्षालाई जनचेतना, प्रविधि विकास, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गरिनेछ ।

यसअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा साइबर सुरक्षासम्बन्धी सम्मेलन आयोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साइबर सुरक्षा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण र क्षमता विकास, साइबर सुरक्षामा योगदान दिने व्यक्तिहरूलाई सम्मान, थिंक ट्याङ्क समूह गठन, अन्तर्राष्ट्रिय संस्थाहरू तथा विज्ञहरूसँग सहकार्य, नीति निर्माणमा सरकारलाई सहयोग, डिजिटल फोरेन्सिक ल्याब तथा सुरक्षा सञ्चालन केन्द्रको स्थापना लगायतका योजना राखिएको छ ।
डा। सुब्बाले एनपी-सर्टलाई साइबर सुरक्षाको केन्द्रविन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “आजको डिजिटल युगमा साइबर सुरक्षा कुनै विलासिता नभई आवश्यकतामा बदलिएको छ । नेपालमा पनि साइबर अपराधका घटना बढ्दै गएका छन् । यसलाई रोक्न हामीले आफ्नो तर्फबाट अधिकतम पहल गर्नेछौँ । अबको प्राथमिकता साइबर सुरक्षामा जनचेतना बढाउँदै नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा अघि बढाउनु हो ।”

डा। राजीव सुव्बासँग आईसीटी, विपद व्यवस्थापन र साइबर सुरक्षामा करिब ३० वर्षको अनुभव छ । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहिसक्नु भएका डा। सुब्बा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु तथा तीन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कार्य गरिसक्नु भएको छ । संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञानमा विद्यावारिधि हासिल गर्नुभएका डा सुब्बाले लामो समयदेखि नेपाल सरकारलाई सूचना प्रविधि, साइबर सुरक्षा तथा विपद व्यवस्थापनको नीति निर्माणमा लामो समयदेखि सहयोग गर्दै आउनु भएको छ । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठान (नास्ट) पुरस्कार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरी सक्नु भएका डा। सुब्बा कम्प्युटर एसोसिएसन अफ नेपाल र नेपाल इन्जिनियर्स एशोसिएसन लगायतका विभिन्न सामुदायिक संस्थाहरूसँग लामो समयदेखि संलग्न हुनुहुन्छ ।
एनपी(सर्टमा आबद्ध अन्य पदाधिकारी तथा कार्यकारी सदस्यहरू लामो समयदेखि साइबर सुरक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँहरूले विभिन्न संस्थामा कार्य गर्दै नेपालमा साइबर सुरक्षाको प्रवर्द्धनका लागि निरन्तर योगदान दिँदै आउनु भएको छ ।

एनपी-सर्टबारे
एनपी-सर्ट २०१६ मा स्थापना भएको साइबर सुरक्षासँग सम्बन्धित संस्था हो । यसले नेपालमा सूचना सुरक्षाको प्रवर्द्धन गर्न काम गर्छ । यो साइबर सुरक्षासम्बन्धी स्थानीय समस्या रिपोर्ट गर्नका लागि एकल सम्पर्क बिन्दु हो । एनपी(सर्टले संस्थाहरू तथा कम्प्युटिङ समुदायलाई सुरक्षा घटनाहरूको रोकथाम, पहिचान र पुनःस्थापना लगायतका प्रक्रियामा सहयोग पुर्‍याउनुका साथै सम्भावित साइबर खतराहरू र उदाउँदा सुरक्षा घटनाहरूबारे सचेतना फैलाउने काम गर्दै आएको छ । यसले नेपाल सरकार, क्यान महासंघ, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक, नेपाल प्रहरी र निजी आईटी क्षेत्रसँग सहकार्य गर्दै नेपालका डिजिटल पूर्वाधारको सुरक्षामा योगदान दिइरहेको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री
Next Post: फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत

Related Posts

  • एमालेमा बीउ रोपेर आएका छौँ, केही समयपछि फल्छ : अध्यक्ष प्रचण्ड Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song 2022/2079 Breaking News
  • samsad1658807588 eQrPhC
    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • आजको मौसमः तराईमा हुस्सु र कुहिरो Breaking News
  • राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण Breaking News
  • धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आजदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक Breaking News
  • maxresdefault 29
    ३७ वर्षमै प्रधानमन्त्री, ४२ मा सन्यासको घोषणा | Galaxy News Report Breaking News
  • Why It’s Hard to Get the New Alzheimer’s Drug Lecanemab Breaking News
  • #Missing #movie #nepalimovies Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 432 | 15 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 432 | 15 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन Breaking News
  • #dontmind #comedyclip #part2 Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ Breaking News
  • More Adults Sought ADHD Drugs During the Pandemic english_news
  • अध्यक्ष ओलीले आज एक कार्यक्रमका बीच गर्दै छन यस्तो घोषणा Breaking News
  • विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय खनाल : नेपाली सिर्जनाको अन्तर्राष्ट्रिय गौरव Breaking News
  • image 3
    Russia Invades Ukraine: युक्रेनको मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार Breaking News
  • KhabarBreaking.com: आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाए Breaking News
  • Whistleblower Doctor Who Exposed China’s Rural AIDS Epidemic Dies at 95 english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme