
सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
१६ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले राजीनामा मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको उनले बताए।
देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको उनले टिप्पणी गरे। सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुने उनको भनाई छ ।