सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिनेछः मन्त्री खड्का

१ भाद्र, काठमाडौं । सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिनु भयो ।

सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको मन्त्री खड्काले बताउनु भयो ।

मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताउनु भयो ।

मन्त्री खड्काले मुलकभित्र औद्योगिक करिडोर निर्माणगरी यस क्षेत्रका उद्योगी, व्यवसायीले मागेजतिको क्षमतामा विद्युत् शक्ति दिन, दुरदराजका सबै घरमा २०८२ साल भित्र विद्युत् सेवा पु¥याउन, स्वदेशमा खपत हुन नसकेको अतिरिक्त ऊर्जालाई छिमेकी मुलुकमा निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणका साथै अधिकतम ऊर्जा खपत तथा व्यापार अनुकूल हुनेगरी नीतिगत, संरचनागत र कानुनी व्यवस्था मिलाउन मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गर्नु भएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्षलाई थप उपलब्धिमूलक वर्षका रुपमा बनाउन थप समर्पण र उपलब्धिका लागि प्राधिकरणको सिङ्गो टोली लाग्ने मन्त्री खड्काको विश्वास छ ।

आगामी दिनमा प्राधिकरणले ऊर्जा मिश्रणको नीतिलाई आत्मासात् गर्दै सोही अनुकूलको आयोजना निर्माण गर्न र विशेषगरी ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहलकदमी लिने उहाँले उल्लेख गर्नु भयो ।

The post सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिनेछः मन्त्री खड्का first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि