समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  सोमबारदेखि काठमाडौंमा शुरु हुने

५ कार्तिक ,काठमाडाैं ।  समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  सोमबार (५ कार्तिक ) देखि काठमाडौंमा  शुरु हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुनेछ । ५ दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर कार्तिक ९ गते (आइतबार) समापन हुनेछ ।

समुहगत छलफल  हुने कार्यक्रममा विभिन्न देशमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरूका बारेमा अन्तर्कृया हुने जनाइएको छ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी हुने अनुमान छ ।

नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उपनिर्देशकहरू, निर्देशकहरू, अध्यक्ष र शाखा प्रमुख गरी कुल २५ जना सहभागी हुनेछन् । यसैगरी, नेपालमा रहेको सबै बीमा कम्पनीबाट प्रति कम्पनी ५ जनाका दरले सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

The post समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  सोमबारदेखि काठमाडौंमा शुरु हुने first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न