समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग 

समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

 

२५ मंसिर,काठमाडौँ। समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार पचास विद्यार्थीलाई रु तीस लाख आर्थिक सहयोग गरिएको छ । हेल्पिङ ह्याण्डस् फर नेपाल, बेल्जियमले आइतबार विभिन्न स्थानमा अध्ययन गरिरहेका ५० विपन्न तथा जेहन्दार विद्यार्थीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

 

उक्त रकम संस्थाका अध्यक्ष बेल्जियम नागरिक एलेन ह्युगेन र नेपालका लागि देशीय निर्देशक एवम् समाजसेवी सेवक पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।

 

देशीय निर्देशक एवम् समाजसेवी पोखरेलका अनुसार उक्त संस्थाले दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरी डाक्टर तथा ईन्जिनीयरसमेत उत्पादन गरिसकेको छ ।

 

यस संस्थालाई युरोपबाट नेपालमा ल्याउन समाजसेवी पोखरेलले भूमिका खेल्नुभएको हो । उक्त संस्थाले बार्षिक रुपमा ७०० विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

राष्ट्रिय विपत्तीका समय तथा अन्य समयमा समेत उक्त संस्थाले आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत निरन्तर सहयोग गर्दै आएको छ । उक्त संस्था बेल्जियमको ब्रसेल्समा दर्ता भई सञ्चालनमा रहेको छ । सो संस्थामा युरोपियन नागरिक बाहेक नेपालका पोखरेलमात्र संस्थाको वोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।

The post समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग  first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री