३१ भदौ काठमाडौं । आज सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक सोमबार १२ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको हो । दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित भएको छ ।
The post सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक first appeared on Khabar Breaking.